‘मेरो न्युज डट कम’ सहितका मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण पत्र

‘मेरो न्युज डट कम’ सहितका मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण पत्र

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रसारण गरेको भन्दै ‘मेरो न्युज डट कम’ सहित केही अनलाइन मिडियालाई २४ घण्टे स्पष्टीकरण पत्र काटेको छ ।

सिमरा घटनासम्बन्धी ओलीको भाषणलाई उत्तेजनात्मक सामग्रीका रूपमा सामाजिक सञ्जालमा प्रसारण गरिएको आरोप लगाउँदै काउन्सिलले २४ घण्टा भित्र कारण देखाउन निर्देशन दिएको हो । काउन्सिलका अनुगमन अधिकृत सन्तोष अधिकारीद्वारा जारी निर्देशनमा ‘ओली केपी ओली’ शीर्षकमा रिलमार्फत उत्तेजना फैलाउने खालको सामग्री पोष्ट गरिएको भेटिएको उल्लेख छ ।

काउन्सिलले पत्रकार आचारसंहिताअनुसार सत्य, तथ्य र सन्तुलित सामग्री मात्र प्रसारण गर्न मिडियालाई सचेत गराउँदै सामाजिक सद्भावमा खलल पु¥याउने तथा वैमनस्यता बढाउने सामग्री कुनै पनि हालतमा प्रसारण नगर्न चेतावनी दिएको छ । विवादित सामग्रीलाई स्थगित वा सम्पादन गरी काउन्सिललाई जानकारी गराउन पनि निर्देशन गरिएको छ ।

यता, प्रेस चौतारी नेपालले काउन्सिलको कदमप्रति कडा आपत्ति जनाएको छ । पूर्वप्रधानमन्त्रीले दिएको अभिव्यक्ति जस्ताको तस्तै प्रसारण गर्नु प्रेसको दायित्व भएको बताउँदै चौतारीले यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनेको छ । अध्यक्ष गणेश पाण्डेले प्रेस काउन्सिललाई आफ्नो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo