एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित, पुग्यो प्लेअफनजिक

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित, पुग्यो प्लेअफनजिक

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार चौथो जित दर्ता गरेको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि ७ विकेटको सानदार जित निकालेको हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य १८.२ ओभरमा सुदूरपश्चिमले ३ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ६९ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ६९ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । भण्डारीले आरिफ शेखसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे। आरिफ शेखले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

ओपनर अस्ट्रेलियन ब्याटर जोश ब्राउन ९ रनमा आउट भएका थिए। अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनले १६ रन मात्र बनाउन सके।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, अभिषेश गौतम र तिलकराज भण्डारीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १९.४ ओभरमा अलआउट हुँदै १४३ रन जोडेको थियाे । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३६ बलको सामना गर्दै ३ चौका प्रहार गरे । दिलीप नाथले पनि २९ बलमा ३१ रन जोडे । यस्तै, सुमित महर्जन र डी’आर्सी सर्टले समान १८/१८ रा जाेडे ।

हर्मित सिंह र अविनाश बाेहाेराले समान ३/३ विकेट लिए ।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुगेको छ । यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम छ अङ्कका साथ शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले र तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले हराएको थियो।

यता रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने तेस्रो हार व्यहोरेको छ । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले र तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

Logo