काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेकपा एमालेका नेताहरुले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौलाले प्रधानमन्त्री कार्कीसँग द्विपक्षीय संवाद गरेका हुन् । सो क्रममा सरकारका पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहभागी छन् ।
सरकारले फागुन २१ गते निर्वाचन तोकेर गृहकार्य अघि बढाइरहेको छ । तर एमाले सरकारको तयारीमा असन्तुष्ट छ । हालसम्म निर्वाचनको वातावरण नबनेको उसको आरोप छ । यसैबीच द्विपक्षीय संवाद भएको हो ।





























प्रतिक्रिया