काठमाडौं । नेपालका सन्दीप लामिछानेसहित पाँच खेलाडी बंगलादेश प्रिमियर लिग (बीपीएल)को आगामी संस्करणको अक्सनमा सूचीकृत भएका छन् ।
सूचीकृत हुनेमा लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, गुलशन झा र सोमपाल कामी रहेका छन् । लामिछाने क्याटोगरी बीमा रहँदा ऐरी ‘डी’ र अरु ‘ई’मा रहेका छन् ।
यस वर्षको अक्सनमा सबैभन्दा धेरै खेलाडी श्रीलंकाबाट परेका छन् । फ्रेन्चाइजहरूले अक्सनबाट कम्तीमा दुई विदेशी खेलाडी अनिवार्य रूपमा किन्नैपर्ने हुन्छ । कुल चार विदेशी खेलाडीका लागि प्रत्येक टोलीलाई ३ लाख ५० हजा अमेरिकी डलर खर्च गर्न पाउने व्यवस्था छ ।





























प्रतिक्रिया