टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य

टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । टेनप्लास्ट र टेनस्टिलले पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै ‘टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन’ औपचारिक रूपमा सुरु गरेका छन्।

मङ्सिर १० मा सार्वजनिक गरिएको यो अभियानले खेलकुदको उत्साहलाई प्रत्यक्ष सामाजिक योगदानसँग जोड्ने लक्ष्य लिएको छ। पोखरा एभेन्जर्सले मैदानमा बनाएको स्कोर सिधै समुदायमा सहयोगका रूपमा परिणत हुने भएकाले यसले जिम्मेवार व्यवसायिक अभ्यासलाई नयाँ मोड दिएको छ।

अभियानअन्तर्गत खेलमा बनेका प्रहार तथा परिणामअनुसार विभिन्न क्षमताका पानी ट्यांकीहरू वितरण गरिनेछन्। कम्पनीले प्रस्तुत गरेको मोडलअनुसार प्रत्येक चौकामा ३ सय लिटर क्षमताको टेनप्लास्ट वाटर ट्यांक प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक छक्कामा ५ सय लिटरको ट्यांकी वितरण हुनेछ। टिमले जित हासिल गरेमा १ हजार लिटरको पानी ट्यांकी समुदायमा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

यी ट्यांकीहरू मुख्यतः स्वच्छ पानीको पहुँच अभाव रहेका बस्ती, सार्वजनिक विद्यालय तथा स्थानीय संरचनामा लक्षित रूपमा वितरण गरिनेछन्। स्वच्छ पानी सुरक्षित स्वास्थ्य अभ्यासको मूल आधार भएकाले यस पहलले समुदायमा दीर्घकालीन प्रभाव पार्ने कम्पनीको विश्वास छ। टेनप्लास्टका अनुसार, ‘मैदानमा बनेको प्रत्येक रन अब प्रत्यक्ष सामाजिक सहयोगमा रुपान्तरण हुनेछ,’ अभियानको मुख्य सन्देश यही हो।

कम्पनीले यसलाई सामाजिक उत्तरदायित्व (सीएसआर) लाई व्यवहारिक रुपमा समुदायमै पुग्ने मोडेलका रूपमा व्याख्या गरेको छ। यसले खेलप्रति जनताको उत्साहलाई समुदायमूलक परिणामसँग जोडेर सकारात्मक परिवर्तनमा योगदान गर्ने अपेक्षा राखिएको छ।

Skip This
Skip This
Logo