एनपीएल -२ प्रत्यक्ष प्रसारणमा डिसहोम गोको उल्लेखनीय उपलब्धि, उद्घाटन खेलमै २ लाखभन्दा बढी दर्शक

एनपीएल -२ प्रत्यक्ष प्रसारणमा डिसहोम गोको उल्लेखनीय उपलब्धि, उद्घाटन खेलमै २ लाखभन्दा बढी दर्शक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रशारणका लागि ओटीटी अधिकार पाएको डिसहोम गोले उद्घाटनको खेल २ लाखभन्दा बढी दर्शकले हेरेको दाबी गरेको छ ।

कन्क्युरेन्ट भ्युवर्सिपमार्फत सो तथ्याङ्क पत्ता लागेको डिसहोम गोले जनाएको छ । उद्घाटन दिन केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न केही समस्या देखिएपन अहिले पूर्णरुपमा समाधान भइसकेको जनाएको छ ।

डिसहोम गोका इञ्जिनियर र सहयोगी अन्तर्राष्ट्रिय कम्पनीका विशेषज्ञले निरन्तर काम गरेपछि पहिलो दिनकै धेरै समस्या समाधान भएको कम्पनीको भनाई छ ।

दोस्रो र तेस्रो दिनका खेलसम्म पुग्दा लगभग सबै प्राविधिक चुनौती समाधान भएको डिसहोम गोले जनाएको छ। आधिकारिक च्यानलमार्फत आएका हजारौं अनुरोधलाई प्रणालीबाट एकैचोटि सक्रिय गरिएको छ। साथै, दोहोरो भुक्तानी भएका प्रयोगकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भएको छ।

बुधबारदेखि खल्ती र इसेवा मार्फत एनपीएल सिजन पासको भौचर खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। यी भौचर नेपालमै मात्र प्रयोग गर्न सकिन्छ।

डिसहोम गोले नेपालको इतिहासमा पहिलोपटक मोबाइल एपमार्फत पूर्ण रूपमा प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। यससँगै कम्पनीले राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय स्ट्रिमिङ प्लेटफर्मको रूपमा अघि बढ्ने लक्ष्य स्पष्ट पारेको छ।

Logo