त्यो मनमोहक रुपकी खानी संसारकी
महारानी मेरी राधा रानी
चन्द्र जस्ती उज्याली चम्किली
तेजकी खानी मेरी प्यारी राधा रानी
हेर त्यो गगनमा नयनकी परी,
बादलमा डुबुल्की मारिरहेकी
ब्रह्माण्डकी सुन्दरी मेरी राधा रानी
औंसीको रातमा जुनकिरीको भेषमा
उज्यालो छर्दै हिँड्ने सानी
यी आखाँकी नानी मेरी राधा रानी
धर्तीलाई काखमा लिई संसार
हाँक्ने महारथि श्रीकृष्णकी प्यारी
मेरी राधा रानी
छलछल झरना भई कैलाशबाट झरेकी
ढुङ्गा माटोसँग खेलेकी
महासागर कि पानी मेरी राधा रानी
सुस्केरा हाली हावाबाट तेज वायु बनेकी
पूर्वपश्चिम नेहि उत्तर दक्षिण जानी
मेरी राधा रानी
बिहानीको किरण बनि प्रकाश छर्नी अनि
घामको रुप गरेकी तापक्रमकी दानी
मेरी राधा रानी !!
-भवानी दुलाल -सारा































प्रतिक्रिया