मुस्ताङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्राथमिकतामा परेको मुक्तिनाथ मन्दिरको दर्शनलाई लिएर मन्दिर दुलही जस्तै सिंगारिएको छ । "/>

मोदी भ्रमण तयारीः मुक्तिनाथ मन्दिर दुलही जस्तै सिंगारियो

मोदी भ्रमण तयारीः मुक्तिनाथ मन्दिर दुलही जस्तै सिंगारियो

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्राथमिकतामा परेको मुक्तिनाथ मन्दिरको दर्शनलाई लिएर मन्दिर दुलही जस्तै सिंगारिएको छ । जोमसोम देखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाई सहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ ।

मन्दिर आसपासका क्षेत्रमा नेपालीसहित भारतीय सुरक्षाकर्मीको समेत उपस्थिति छ । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भब्य र सभ्य बनाउन सरकारी निकाय र स्थानीयबासी उत्तिकै सक्रिय देखिन्छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा चलिरहेको बेला मुक्तिनाथलाई भारतीय तीर्थालुले नेपालमा दर्शन नगरी अपुरो हुने विश्वासका साथ प्रसिद्ध मुक्तिनाथ मन्दिरमा आउने गरेका छन् ।

नेपालका चार धाम मध्ये एक मुक्तिनाथ मन्दिरमा वर्षेनि भारतका विभिन्न प्रदेशबाट ठूलो संख्यामा दर्शनका लागि मानिसहरु आउने गरेको तथ्याङ्कले देखाउँछ । भारतका विभिन्न धार्मिकस्थलको दर्शन गरी भारतमा रहेका हिन्दू धर्मालम्बीहरुको जीवनमा एकपटक पुग्नै पर्ने तीर्थस्थलमा मुक्तिनाथ पर्न थालेपछि वर्षेनि २० हजारको हाराहारीमा धार्मिक पर्यटक मुक्तिनाथमा पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको तथ्याङ्कमा देखिन्छ । ‘नेपाल बाहेक सार्क राष्ट्रमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतबाट भित्रिन्छन् । मुक्तिनाथ मन्दिरबाटै फर्किनेको संख्या अत्याधिक छ,’ एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo