काठमाडौँ। पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ र यसको अङ्ग्रे्रेजी संस्करण ‘एन ओभल्र्याण्ड ओडेसी’ सार्वजनिक भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, अर्का पर्यटन व्यवसायी कर्ण शाक्य, लेखक श्रेष्ठलगायतले आज यहाँ आयोजित समारोहमा इण्डिगो इन्कद्वारा प्रकाशित ती पुस्तक विमोचन गरेका हुन्।
पुस्तकमा लेखक श्रेष्ठले क्यासिनोको आकर्षक जागिर छाडेर फ्रान्स हिँडेको, सात महिनाको कठिन यात्रा, बेलायत पुग्ने बित्तिकै विमानस्थलबाट फर्कनुपरेको, स्वदेश फर्केपछि बेरोजगारी र सङ्घर्षका अध्याय, दिल्लीमा पुगेपछि एयर फ्रान्समा जागिर पाउन गरेको प्रयासदेखि धुलिखेलमा होटल व्यवसाय सुरु गर्दा माओवादी द्वन्द्वबाट उत्पन्न असहज परिस्थिति झेलेका प्रसङ्ग समेटिएका छन् ।
अल्लारे वयका लेखकका साहसिक र रोमाञ्चक यात्रा विवरणले पाठकलाई लेखकसँगै घुमाउँछन् ।





























प्रतिक्रिया