मकवानपुर
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा पत्रकार महासंघका महासचिव रमेश विष्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
वैशाख २२ गते भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित भएका थिए । त्यसअघि नै महासंघको ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा काभ्रेका यदु गौतम, मकवानपुरकी नानीमैया कार्की ‘सम्झना’ र महासचिवमा मकवानपुरका कृष्ण सारु मगर निर्विरोध निर्वाचित भएका थिए । साथै सचिवमा सिन्धुलीका राजन गाउँले र काभ्रेका सुरेशप्रसाद हुमागाई, कोषाध्यक्षमा धादिङका सिताराम अधिकारी लगायत १४ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए।
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ समितिको बुधबारै बसेको पहिलो बैठकले निर्वाचन गराउन सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ । प्रदेश महासंघका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले एक महिना भित्र आगामी बैठक काभ्रेमा गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको कार्ययोजना बनाएर अघि बढ्ने अध्यक्ष विष्टले बताए । बैठकमा महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रदेश महासंघलाई विधानले अधिकार सम्पन्न बनाएको बताउँदै श्रमजिवी पत्रकारको पक्षमा दृढताका साथ अघि बढ्न आग्रह गरे । (तस्विरः उपाध्यक्ष यदुनाथ गौतमको फेसबुकबाट)
नागरिकबाट































प्रतिक्रिया