प्रधानमन्त्रीको रोहबरमा एनआरएनएबीच एकता घोषणा

प्रधानमन्त्रीको रोहबरमा एनआरएनएबीच एकता घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । पछिल्ला केही वर्षदेखि विभाजनमा रुमल्लिएको गैरआवासीय नेपाली संघ (एनआरएन)बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा विभाजित संघका अध्यक्षद्वय महेश श्रेष्ठ र डा. बद्री केसीले एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजन भएको थियो।

एकतापछि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणका लागि समय थप गर्नेलगायतका सहमति भएको छ।

Logo