गोरखामा बस दुर्घटना, २० जना यात्रु घाइते

गोरखामा बस दुर्घटना, २० जना यात्रु घाइते

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। गोरखाबाट नारायणगढतर्फ प्रस्थान गरेको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटनामा परेको छ। ना ४ ख १४१९ नम्बरको उक्त बस आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलो भन्ने स्थानमा रोकिरहेको अवस्थामा केही मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार, बसमा करिब २० जना यात्रु सवार थिए। दुर्घटनापछि सबै यात्रु घाइते भएका छन्। घाइतेहरूमध्ये एक जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने बाँकी घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले दुर्घटनाको पूर्ण कारणबारे अनुसन्धान गरिरहेको बताएको छ, तर प्रारम्भिक जानकारीअनुसार बस रोकिएको ठाउँबाटै गुडेर झरेको देखिएको छ।

Skip This
Skip This
Logo