रुपन्देही
रुपन्देहीमा उत्कृष्ट ठहरिएका सामुदायिक विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाइमा परे पनि अधिकांशले भर्ना पाएका छैनन् । उत्कृष्ट नतिजा ल्याएर स्थापित भएका सामुदायिक विद्यालयमा भर्नाका लागि आवेदन दिएका ६० प्रतिशतसम्मले भर्ना पाएनन् । बुटवलको कालिका लगायत विद्यालयमा निजी छाडेर आएका विद्यार्थीले समेत प्रवेश परीक्षामा नाम निकाल्न सकेनन् ।
कालिका मावि शिक्षा मन्त्रालयबाट पटक–पटक पुरस्कृत भएको र नेपालकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा पर्दछ । यो शैक्षिक सत्रमा नयाँ भर्ना हुन तीन हजार एक सय ४३ जनाले प्रवेश परीक्षा दिएका थिए । तर एक हजार दुई सयले मात्र भर्ना पाएका छन् । सो विद्यालयमा अहिले कक्षा १२ सम्म साढे पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया