काठमाडौँ

६८ वर्षपछि भारतीय प्रधानमन्त्री मधेस र मधेसीको आस्थाको केन्द्र जानकी जन्मस्थल जनकपुर आउँदै छन् । "/>

मधेसमा ६८ वर्षपछि भारतीय प्रधानमन्त्रीको आगमन हुँदै

मधेसमा ६८ वर्षपछि भारतीय प्रधानमन्त्रीको आगमन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

६८ वर्षपछि भारतीय प्रधानमन्त्री मधेस र मधेसीको आस्थाको केन्द्र जानकी जन्मस्थल जनकपुर आउँदै छन् । यसपटक नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा आउने भएका हुन् । उनको भ्रमणको उद्देश्य धार्मिक देखिए पनि वास्तविकतामा दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । यसअघि १९५० मा सप्तरीको भारदहस्थित कोसी ब्यारेजमा भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु आएका थिए । ब्यारेजबाट भारततर्फको क्षेत्रमा क्षति न्यून गराउनु उक्त भ्रमणको उद्देश्य थियो ।

मोदी भ्रमणलाई धार्मिक यात्राका रूपमा लिइए पनि उक्त अवसरमा सत्तारूढ दल एमाले, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालसँग मोदीको भेट हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । रामजानकी मन्दिर र मुक्तिनाथको दर्शनलाई केन्द्रित गर्दै हुन लागेको मोदी भ्रमण सन् १९५० को शान्ति र मैत्री सन्धि देखि मधेस आन्दोलन हुँदै नाकाबन्दी सम्मका घटना र तिनले दुई देशको सम्बन्धमा पारेको गम्भीर असरलाई सकारात्मक ‘युटर्न’ गराउने उद्देश्यका साथ गरिएको स्रोतले बताएको छ ।

धार्मिक रूपमा हुन लागेको देखिए पनि केही समय देखि उतारचढावका रूपमा रहेको दुई देशबीचको सम्बन्ध भ्रमणपछि बहुआयामिक रूपमा अघि बढ्ने राजपा अध्यक्ष मण्डलका नेता शरत सिंह भण्डारीको विश्वास छ । ‘दुई सरकार, राजनीतिक दल र जनताबीच प्राचीनकालदेखिको सम्बन्धलाई दुवै पक्षले परिवर्तित सन्दर्भअनुकूल गराउँदै छन्’, उनले भने, ‘रोटीबेटीको सम्बन्धलाई यथार्थमा रूपान्तरण गर्ने समय पनि भ्रमणमा उपयोगी हुनुपर्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo