सहि विचार भएर पनि किन बारबार धक्का खाइरहन्छन् कम्युनिस्ट ?

सहि विचार भएर पनि किन बारबार धक्का खाइरहन्छन् कम्युनिस्ट ?

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं ।

यसकारण कम्युनिस्ट पार्टीहरू नीति सही भएर, कार्यकर्ता अनुशासित भएर , मजबुत संगठन भएर पनि बारम्बार धक्का खान्छन, लोकप्रियता घटेर जान्छ किन कम्युनिस्ट पार्टीहरूले नीति सही, समाजवादी विचारधारामा आधारित र सामाजिक न्यायसँग जोडिएका कार्यक्रम लागू गरेको भए पनि नेतृत्व अधिनायकवादी र दीर्घकालीन भएमा जनतामा असन्तोष बढ्छ।नेतृत्व परिवर्तन नहुने – संगठनमा नयापन हराउने उही नेता, उही शैली, उही विचार, उही भाषण दशकौँ चल्दा जनता र कार्यकर्ता दिक्क हुन्छन्। अधिनायकवादी प्रवृत्तिले संकट ल्याउँछ जनता सोच्न थाल्छन् ,“नेता छोड्न मान्दैन, तानाशाह बन्न खोज्दैछ।”

• भ्रष्टाचार र शक्ति केन्द्रिकरणको जोखिम बढ्छ जति लामो शासन, उति राजनीतिक सुरक्षा, आर्थिक पहुँच, नेटवर्क र दण्डहीनता बढ्छ।

•विचार सही भए पनि व्यवहारले बिगार्ने कम्युनिस्ट विचारधारा गरिबी उन्मूलन, समानता, सामाजिक न्याय उत्कृष्ट भए पनि नेतृत्व चरित्र अधिनायकवादी वा पदलोलुप भयो भने जनताले व्यवहार हेर्छ, विचार होइन।
• राजनीतिक थकान र जैविक थकान: समानता उही बिउलाई उही जमिनमा लगातार रोप्दा जैविक थकान आउँछ। उस्तै, उही नेता दशकौँसम्म पदमा बसेपछि राजनीतिक थकान आउँछ।
•लोकतान्त्रिक पार्टीहरू नयाँ नेतृत्व र नयाँ विचार ल्याएर ताजा रहन्छन्। कम्युनिस्ट दलमा नेतृत्व अदलाबदल नहुने, संगठन बन्द हुने र आलोचना सहन नचाहने प्रवृत्तिले गर्दा पार्टी स्वयं थाकेर जाने, फुट्ने वा बिलुप्त हुने सम्भावना बढ्छ। नेपालको उदाहरण हेरौं :-
• नेपाली कम्युनिस्ट आन्दोलनलाई हेरौँ। जति उही व्यक्तिको निरन्तर नेतृत्व त्यति पार्टीको लोकप्रियतामा ह्रास
• नेपाल मजदुर किसान पार्टी अध्यक्ष अवधि ५१ वर्ष,
• नेपाल कम्युनिस्ट पार्टी मशाल विभिन्न नाम परिवर्तन अध्यक्ष मोहनविक्रम सिंह अवधि ४२ वर्ष हाल नेपाली कम्युनिस्ट पार्टी विभिन्न नाममा परिवर्तन हुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व अवधि ३७ वर्ष, नेकपा मैनाली अध्यक्ष सीपी मैनाली नेतृत्व अवधि २६ वर्ष |
• नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली अवधि १२ वर्ष २०३२ सालमा स्थापना भएता सातपटक नेतृत्व परिवर्तन भएको | यसकारण नेकपा एमाले लोकप्रिय पार्टीको रुपमा स्थापित छ | एक व्यक्तिले पार्टी स्थापना गरेर वा पार्टी फुटाएर निरन्तर नेतृत्व गरेका हाल अस्तित्व जोगाउन कठिन संघर्ष गरिरहेका धेरै कम्युनिस्ट पार्टीहरु नेपालमा छन्।

निष्कर्ष
• बोटबिरुवा र राजनीति समान छन्।
• लगातार एउटै बिउ जस्तो, लगातार उही नेता दीर्घकालीन सत्ता रहँदा पनि थकान आउँछ।
• लोकतान्त्रिक प्रणालीले नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्र र नयाँ पुस्ताको प्रवेश सुनिश्चित गरेर दीर्घकालीन लोकप्रियता कायम राख्छ।
• कम्युनिस्ट दलहरूले दीर्घकालीन लोकप्रियता कायम राख्न नेतृत्व संरचना सुधार, प्रतिस्पर्धात्मक वातावरण, र आलोचना स्वीकृत गर्ने संस्कृति अपनाउन अपरिहार्य छ ।
• निश्चित समयावधि तोकेर , त्यसको परिपालना गरेर निवृत्त योजना बनाउन र लागु गर्न जरुरी छ |
• नीति र विचार उत्कृष्ट भए पनि नेतृत्व शैली, कार्यकाल संरचना, र व्यवहार नै लोकप्रियताको निर्णायक पक्ष हुन्छ।
• बोटबिरुवा जस्तै राजनीति पनि सिजनल रोपिंग र भूमि विश्राम चाहन्छ |
• नयाँ नेतृत्व, नयाँ विचार र नयाँ ऊर्जा।

Skip This
Skip This
Logo