काठमाडौं

सुन प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरूले निलम्वनमा परे पनि आधा तलब भने पाउने भएका छन् । "/>

सुन तस्करीमा निलम्बित प्रहरी अधिकारीले आधा तलब पाउने

सुन तस्करीमा निलम्बित प्रहरी अधिकारीले आधा तलब पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सुन प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरूले निलम्वनमा परे पनि आधा तलब भने पाउने भएका छन् । उनीहरूले निलम्बनमा परेको दिन देखि लागू हुने गरी कुल तलबको ५० प्रतिशत पाउने प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रहरी प्रवक्ता मनोज नेउपानेले भने– ‘निलम्बनमा परेको दिन देखि प्रहरीको तलब मासिक रूपमा आधा मात्रै पाउने व्यवस्था छ । अदालतको आदेशलाई स्वीकार्नु पर्ने भन्दै दोषी ठहर भएमा कारबाही भोग्न प्रहरी अधिकारीहरू तयार हुनैपर्छ ।’

साँढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका अभियुक्तहरूलाई दोषी ठहरिए के कारबाही हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । यस प्रकरणमा प्रहरी उच्च अधिकारी देखि व्यापारी सम्म मुछिएका छन् । मोरङ जिल्ला अदालतका श्रस्तेदार नवराज दुलालले अभियुक्तहरूको बयान लिने काम सकिएपछि के कारबाही हुने भन्ने निक्र्योल गर्न सकिने बताए । उनले भने– ‘बयान लिने क्रम जारी छ । बयानका आधारमा कुन ऐन आकर्षित हुन्छ । जुन ऐन आकर्षित हुन्छ त्यही ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo