काठमाडौं

संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गरेकी थिइन् । "/>

संसद्को दोस्रो अधिवेशनमा चार वटा अध्यादेश प्रस्तुत

संसद्को दोस्रो अधिवेशनमा चार वटा अध्यादेश प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गरेकी थिइन् ।प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हान सम्वन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

शहिदको सम्झनामा १ मिनेट मौनधारण गरेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो । संविधान अनुसार संसद अधिवेशनको आव्हान र अन्त्य राष्ट्रपतिले गर्ने व्यवस्था छ । सभामुख महराले गत बुधबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी अधिवेशनभरको सम्भावित कार्यसूचीबारे जानकारी गराएका थिए ।

आइतबारको बैठकमा काुननमन्त्री शेरबहादुर तामाङले सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवा, शर्त र सुविधा सम्वन्धी अध्यादेश, २०७५ पेश गरे । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुनमन्त्री राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश, २०७५ र शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ प्रस्तुत गरे ।
नेपाल समाचारपत्रबाट

Logo