लिपमोटरले नोभेम्बरमै बेच्यो ७० हजार ३२७ सवारीसाधन

लिपमोटरले नोभेम्बरमै बेच्यो ७० हजार ३२७ सवारीसाधन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । लिपमोटरले नोभेम्बरमा नयाँ नयाँ माइलस्टोन पार गरेको छ । लगातार सातौं महिनाको बिक्री रेकर्ड तोड्दै कम्पनीले नोभेम्बरमा ७० हजार ३२७ सवारीसाधन बिक्री गरेको हो ।

यो बिक्री गत वर्षको सोही अवधीको तुलनामा ७५ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीदेखि नोभेम्बरसम्म कुल ५ लाख ३६ हजार १३२ युनिट कार बिक्री गरेको छ, जुन गतवर्षको तुलनामा ११३ प्रतिशतले बढी हो ।

सन् २०२५ मा कुल ५ लाख कार बिक्री गर्ने लक्ष्य लिएको लपमोटरले एक महिना बाँकी छँदै उक्त लक्ष्यभन्दा बढि कार बिक्री गरिसकेको छ ।

Skip This
Skip This
Logo