एनपीएलः कर्णालीविरुद्ध पोखराका रोसिङ्टनले प्रहार गरे शतक

एनपीएलः कर्णालीविरुद्ध पोखराका रोसिङ्टनले प्रहार गरे शतक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सानदार शतक प्रहार गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराका लागि रोसिङ्टनले ५५ बलमा शतक प्रहार गरेका हुन् । सो क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे । उनी दोस्रो संस्करणमा शतक प्रहार गर्ने दोस्रा खेलाडी हुन् ।

यसअघि कर्णालीकै खेलाडी मार्क वाटले जारी प्रतियोगितामा शतक हिर्काएका थिए । लुम्बिनी लायन्सविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरेका थिए । उनी एनपीएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर पनि हुन् ।

एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन्।

प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए। यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए।

Logo