राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए ।
राष्ट्रपति भण्डारीले डा. देवकोटासँग संक्षिप्त कुराकानी समेत गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पनि डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।































प्रतिक्रिया