काठमाडौँ
सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपत्र ४२९ जना नेपाली युवाको उद्धारका लागि पहल सुरु गरेको छ । कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिना देखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश ल्याउने तयारी भएको हो ।
कतारस्थित नेपाली दूतावासका अनुसार रोजगारीका लागि कतारको हमाव विहित हालिक नामक कम्पनी बन्द भएपछि ४२९ जना नेपाली युवा अलपत्र छन् । उनीहरू कम्पनी बन्द भएपछि कम्तीमा तीन महिना र बढीमा नौ महिना देखि तलब नपाएर अलपत्र अवस्थामा सोही कम्पनीको क्याम्पमा बसोबास गर्दै आएका छन् ।
गोरखापत्रबाट































प्रतिक्रिया