काठमाडौँ

नेपाल बहुमूल्य जडिबुटीमा धनी रहेको बताइए पनि आत्मनिर्भर भने नरहेको तथ्य खुलेको छ । "/>

जडिबुटीकै देशमा वार्षिक ५० करोडको जडिबुटी आयात !

जडिबुटीकै देशमा वार्षिक ५० करोडको जडिबुटी आयात !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल बहुमूल्य जडिबुटीमा धनी रहेको बताइए पनि आत्मनिर्भर भने नरहेको तथ्य खुलेको छ । नेपालमा वार्षिकरूपमा करिब ५० करोड रुपैयाँ बराबरको जडिबुटी मात्रै आयात हुने गरेको छ । आयुर्वेदिक औषधि र जडिबुटी गरी वार्षिक एक अर्ब रुपैयाँ बराबरको आयात हुने गरेको छ । नेपालमै नपाइने जडिबुटी आयात स्वभाविक भएपनि नेपालमा पाइने जडिबुटी समेत आयात हुने गरेको पाइएको हो ।

नेपालबाट उच्च गुणस्तरीय जडिबुटी निर्यात हुने र हाइब्रिड जडिबुटी आयात हुने गरेको नेपाल हब्र्स तथा हर्वल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताएका छन् । आयुर्वेदिक औषधिमा कच्चा पदार्थका रूपमा प्रयोग हुने वीरे नुन, निसोद भस्म, गहुँखोर भस्म, निलोतुथो र फिट्किरी, जेठी मधु गायतका वस्तु भारत लगायतका विभिन्न मुलुकबाट आयात हुने गरेको छ । त्यस्तै नेपालमै उपलब्ध रहेपनि ठूलो मात्रामा हर्बो, बर्रो र अमला समेत भारतबाट आयात हुने गरेको उनले बताए ।

उनका अनुसार नेपालका उच्च गुणस्तरीय हर्बो, बर्रो र अमला निर्यात हुने र भारतीय हाइब्रिड हर्रो, बर्रो र अमला आयात हुने गरेको छ । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले ठूलो परिमाणमा भारतीय जडिबुटी खरिद गर्ने गरेको उनले बताए । भारतबाट ठूलो परिमाणमा आयुर्वेदिक औषधि समेत आयात हुने गरेको छ । विश्व बजारमा नेपाल भारतीय आयुर्वेदिक औषधिको छैठो ठूलो बजार रहेको संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।
हिमालय टाइम्सबाट

Skip This
Skip This
Logo