फेसबुकमा डेटिङ सेवा पनि थपिने

फेसबुकमा डेटिङ सेवा पनि थपिने

केन्द्रबिन्दु
0
Shares

डाटा चोरीको समस्यावाट गुज्रिरहेको फेसबुकले चाडैंनै आफ्नो साईटका प्रयोगकर्ता माझ डेटिङ सर्भिसलाई पनि ल्याउन लागेको जनाएको छ । यो सेवाको थालनी पछि यसका प्रयोगकर्ताहरुमा नयाँ किसिमको रमाईलोपन बढ्ने फेसबुकले जनाएको छ ।

फेसबुकका संस्थापक मार्क जकरवर्गले बार्षिक रुपमा आयोजना हुने एफ एट कन्फरेन्समा घोषणा गर्दै भने– विश्वकै सर्वाधिक प्रयोगकर्ता रहेको समाजिक संजालका प्रयोगकर्ताहरु विच रोमान्टिक सम्बन्ध कायम राख्नका लागि हामी यो सेवालाई ल्याउन लागेका हौं ।

सफ्टवेयर डेभलपर्सको सम्मेलनमा सम्बोधन गर्दै जकरवर्गले भने अहिले फेसबुकका २० करोड प्रयोगकर्ताहरुले आफुलाई सिंगलको रुपमा प्रस्तुत गरेका छन् । उनीहरुलाई फेसबुकले बेवास्ता गरेको जस्तो देखिएको छ । त्यही भएर हामी उनीहरु विच एक दुईपटक मात्र भेट नभएर बर्षौसम्म भेटघाट कायम रहोस् भन्ने चाहन्छौं । हामी हाम्रा प्रयोगकर्ताको सम्बनध लामो समयसम्म रहोस् भन्ने चाहन्छौं । अप्सनको रुपमा आउने यो सेवालाई फेसबुकले चाडैं नै संचालनमा ल्याउने जनाएको छ ।

ब्यक्तिगत गोपनियतालाई बिशेष ध्यान दिइने छ । अप्सनको रुपमा आउने यो सेवालाई गोपनिय राख्न फेसबुकले आफ्नो फ्रेण्ड लिष्टमै भएको ब्यक्तिको पनि डेटिङ प्रोफाइल हेर्न पाउने छैन ।

आफ्नो डाटाको सुरक्षाको बिषयलाई लिएर पछिल्लो पटक आलोचना पाएपछि फेसबुकले उक्त कुरालाई गलत प्रमाणित गर्न पनि यो सेवालाई ल्याउन लागेको बताईएको छ ।

Skip This
Skip This
Logo