साताको केन्द्रविन्दु साहित्यमा युवा गजलकार,कवि तथा पत्रकार निर्मल पौडेल एन.पि घायलको गजलले उत्कृष्ट स्थान हाँसिल गर्न सफल भएको छ ।
गजल
यही मायाको हो किनबेच बजारमा नभएको ।
जस्तो तिमी बस्यौ मुटुमा निधारमा नभएको।।
मन पनि कस्तो कस्तो बनाइदियो बनाउनेले ।
फेरी,बहुरुपी देखिन्छ यही आकारमा नभएको।।
केही पलनै जिन्दगीको आज अन्तिम बनिदियो।
दिने थिएँ तिमिलाई खुशी सँसारमा नभएको ।।
जुन कुरा भोग्नुप-यो न चाह हो न इच्छा नै ।
तिम्रो पनि आयो त्यस्तै विचारमा नभएको ।।
यसै थियो घायल मुटु त्यसैमाथि प्रहार भयो।
च्वाट्ट काट्यो कुन धारले तरवारमा नभएको।।
निर्मल पौडेल -एन पि घायल पर्वत





























प्रतिक्रिया