काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
कांग्रेससहित सात दलको समर्थनमा दाबी गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ ।
शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियाे । यो सहमतिमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी गरी सात दल रहेका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेर बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । त्यसपछि मधेशमा अर्को सरकार बनाउने लामो रस्साकस्सीपछि सात दलबीच सहमति जुटेको हो ।





























प्रतिक्रिया