धनगढी

कञ्चनपुरको आनन्द बजारमा सीमा विवादकै कारण गोविन्द गौतम सहिद भएपछि गठन भएको चार नम्बर संयुक्त सीमा सर्वेक्षण टोलीले पनि विवादित क्षेत्रहरूमा सीमास्तम्भ खडा गर्न सकेको छैन । "/>

कहिल्यै समाधान भएन नेपाल–भारत सीमा विवाद !

कहिल्यै समाधान भएन नेपाल–भारत सीमा विवाद !

केन्द्रबिन्दु
0
Shares

धनगढी

कञ्चनपुरको आनन्द बजारमा सीमा विवादकै कारण गोविन्द गौतम सहिद भएपछि गठन भएको चार नम्बर संयुक्त सीमा सर्वेक्षण टोलीले पनि विवादित क्षेत्रहरूमा सीमास्तम्भ खडा गर्न सकेको छैन ।

कैलालीको खक्रौला क्षेत्रमा रहेको पिलर नम्बर ७ सय देखि सीमास्तम्भहरूको मर्मतसम्भार र हराएका स्तम्भ खडा गर्ने कार्य थालेको नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले कैलालीकै दुई स्थानको विवाद समाधान गर्न नसकेको हो। कैलालीको खक्रौला नजिकै रहेको कालाकुण्डा बाहेक भजनी नगरपालिकाको मारियाघाट, धनगढी उपमहानगरपालिकाको नर्सरी भन्ने स्थान र कञ्चनपुरको पुनर्वास क्षेत्रको सीमा विवाद कायमै छ ।

मंसिरमा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत सुदर्शन धामी र भारतको तर्फबाट आरसी भट्ट नेतृत्वमा १४ जनाको नेपाल–भारत संयुक्त सर्भे टोली गठन भएको थियो । टोली कैलाली देखि दार्चुला सम्मको सीमास्तम्भहरूको मर्मतसम्भार र नयाँ स्तम्भ खडा गर्ने कार्यादेश सहित फिल्डमा खटिएको थियो । दुई वर्ष भित्र हराएका सीमा पिलर खडा गरिसक्ने, टुटफुट भएका पिलरको मर्मत गरिसक्ने कार्यादेश सर्भेक्षण टोलीलाई दिइएको छ । भारतलाई जोर नम्बर र नेपाललाई बिजोर नम्बरका पिलर खडा गर्ने र मर्मतसम्भार गर्ने अनुमति दिइएको छ ।

सीमा सर्भेक्षण टोलीका नेपाल तर्फका टोली प्रमुख सुदर्शन धामीका अनुसार कैलालीमा २१ वटा जंगे पिलर (मुख्य पिलर) र १ सय १२ सहायक पिलर गायब छन । मंसिर देखि दुवै देशका टोलीले कैलालीमा हराएका मुख्य र सहायक पिलर मध्ये २८ वटा नयाँ खडा गरेका छन् । साथै ७० भन्दा बढीको मर्मतसम्भार गरेका छन् । कैलालीमा अझै मुख्य र सहायक गरी १ सय ५ वटा पिलर खडा गर्न बाँकी छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo