धनगढी
पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन् । सोमबार हुने भनिएको पार्टी पदाधिकारी चयनको बैठक स्थगित गरेर धनगढी पुगेका देउवाले धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमणमा पश्चिमका केही पनि मुद्दा प्राथमिकतामा परेनन्’, उनले भने, ‘मेरो पालामा गौरीफन्टा धनगढी नाका र दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको कुरा दुई देशको संयुक्त विज्ञप्तीमा उल्लेख थियो, तर ओलीले पश्चिमका मुद्दा उठान नै गरेनन्’ ओलीको राष्ट्रवाद लम्पसरवाद भइहाल्यो नि ।’
उनले आफुले सुदूरपश्चिमका लागि धेरै विकासका काम गरेको उनले जिकिर गरे । ‘यस क्षेत्रको चिन्ता म भन्दा बढी अरु कसैलाई हुन्छ ?’ उनले चुनावपछि हारको अवस्था देखेर कांग्रेस कार्यकर्ताले निरास नहुन आग्रह गर्दै भने, ‘दुई पार्टी मिलेर लडेको चुनावमा हाम्रो यस्तो अवस्था आउने नै थियो, त्यो स्वभाविक होे ।’
देउवाले पदाधीकारी चयनबारे पार्टीमा देखिएको विवादबारे बोल्न चाहेनन् । ‘सोमबार मलाई यता आउने काम पर्यो, त्यसैले बैठक स्थगित गरिएको हो’, उनले भने, ‘अब २१ गते पदाधीकारी चयन हुन्छन्, अर्को बैठक हामीले २१ गतेका लागि तोकेका छौं ।’
अन्नपूर्णबाट































प्रतिक्रिया