बुटवल
लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्व शान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ । लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ ।
त्यस्तै लम्बिनीको वातावरणीय संरक्षणका लागि प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्दै यहाँका पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको एकीकृत रुपमा व्यवस्थापन, विकास र संरक्षण गर्ने घोषणा दुर्इ दिने सम्मेलनले गरेको छ । २३ देशका अन्तराष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा भएको सम्मेलनले बुद्ध जन्मस्थल लुम्बिनीलाई, बुद्ध धर्म र विश्व शान्तिको मुहानको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको हो ।
सम्मेलनको आइतबार एक समारोहका बीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए । विश्वबाटै हिंसा, द्धन्द्ध, अँध्यारो हटाउन बुद्ध दर्शनले महत्वपूर्ण टेवा पुर्याउने बताए । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनले पारित गरेको घोषणापत्र कार्यान्वयनमा प्रतिवद्धता जनाए । घोषणा पत्रमा बुद्ध जन्मस्थल लुम्बिनी नेपाललाई बौद्धधर्म र विश्वशान्तिको मुहानको रुपमा विश्व व्यापि प्रचार र प्रवर्द्धन गर्ने, केन्जो टागेंद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने उल्लेख छ ।
विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको एक भइ काम गर्ने, लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्ट्रिय केन्द्र स्थापना गर्ने, लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थल सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्तानको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने घोषणा पत्रमा उल्लेख छ । कपिलवस्तु बुद्ध र शाक्यको मातृभूमि, देवदह महारानी मायादेवीको माइतीघरे, रामग्राम बुद्धको अस्तुधातु भएको स्थलहरुको एकीकृत विकास गरी बुद्ध सर्किट मार्फत पर्यटन प्रबद्र्धनका कार्यक्रम गर्ने भनिएको छ ।
नागरिकबाट































प्रतिक्रिया