काठमाडौं । टीभीएसले आफ्नो पहिलो क्रुजर–स्टाइल मोटरसाइकल रोनिनको विशेष संस्करण बजारमा ल्याएको छ । कम्पनीले मोटोसोल ५.० कार्यक्रममा सार्वजनिक गरेको यो मोडेललाई ‘एगोंडा एडिसन’ नाम दिइएको छ, जसको मूल्य १ लाख ३१ हजार भारतीय रुपैयाँ राखिएको छ ।
यो नयाँ संस्करण रोनिनको पहिलो लिमिटेड एडिसन हो, जुन गोवाको लोकप्रिय ‘एगोंडा बीच’बाट प्रेरित छ । बाइकको रूप–रङमा यही समुद्री भाव झल्किने गरी नीलो–रातो स्ट्राइप, सेतो हेडलाइट हाउजिङ, र सेतो फ्युल ट्याङ्की जडान गरिएको छ, जसले यसलाई साधारण मोडेलभन्दा फरक, प्रिमियम फिनिस दिन्छ ।
यद्यपी बाहिरी लुकमा परिवर्तन भए पनि, यसको फिचर र टेक्निकल पक्ष भने पुरानै स्ट्यान्डर्ड भर्सन जस्तै छन् । बाइकमा ब्लुटुथ कनेक्टिभिटीसहितको उही डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल नै राखिएको छ ।
रोनिनमा २२५ सिसीको सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले ७,७५० आरपिएममा २० बीएचपी शक्ति र ३,७५० आरपिएममा २० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन स्लिपर र असिस्ट क्लचसहितको ५–स्पिड गियरबक्ससँग जोडिएको छ, जसले सहरमा सहज चलाउने अनुभव र हाईवेमा स्मूथ गियर शिफ्ट प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।





























प्रतिक्रिया