काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध दायर गरेको रिट आज पनि दर्ता हुन सकेन ।
कांग्रेसका विघटित संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरे, सचेतक सुशीला थिङलाई अन्य सांसदहरूले आइतबार दायर गरेको रिट अध्ययनका क्रममै रहेकाले आज पनि दर्ता हुन नसकेको हो । संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना गरी संसद्ले कार्यकालभर काम गर्न पाउनुपर्ने रिटको दाबी छ ।
रिट अब भोलि मात्र दर्ता हुनेछ । रिटमा साथ दिएका सांसदहरूमा बाँकेकी आशा विक, दैलेखकी सीताकुमारी राना, महोत्तरीकी नागिना यादव, चितवनकी शान्ति विक र बर्दियाकी जावेदा खातुन जागा छन् ।





























प्रतिक्रिया