गाईलाई ढोग्दै कमल थापाले भने, ‘चुनाव चिन्हबाट गाई गुमाउनु पर्दा भाव विह्वल भएँ’

गाईलाई ढोग्दै कमल थापाले भने, ‘चुनाव चिन्हबाट गाई गुमाउनु पर्दा भाव विह्वल भएँ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज गाई पूजा गर्दै आफूले चुनाव चिन्हबाट गाई गुमाउनु पर्दा भाव विह्वल भएको बताएका छन् ।

तिहारको चौथो दिन आज गाई पूजा गरेर ढोगेको तस्वीर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह गाई गुमाउनु पर्दाको पीडा फेरि एकपटक बोध भयो ।’ उनले भनेका छन्, ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीको लागि गाई चिन्ह ठीक हुन्छ भनेर पशुपतिजी र प्रकाशजीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो।’

उनले गाईलाई चुनाव चिन्ह राख्नु पर्छ भनेर आफ्ना साथीहरुलाई बुझाउन नसक्नु आफ्नै कमजोरी भएको पनि स्वीकार गरेका छन् ।

पार्टी एकता अघि राप्रपाको चुनाव चिन्ह गाई रहेको भएपनि एकिकरण पछि भने हलो कायम गरिएको छ । त्यसपछि कमल थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Skip This
Skip This
Logo