इनडोर डेटिङ आइडियाः यसरी घरभित्रै डेटिङ गर्ने कि ?

इनडोर डेटिङ आइडियाः यसरी घरभित्रै डेटिङ गर्ने कि ?

केन्द्रबिन्दु
0
Shares

घरभित्रै डेटिङ ? सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । पत्यार नलाग्न पनि सक्छ । डेटिङ भन्नसाथ पार्क वा घरभन्दा टाढाको मनोरम स्थान सम्झने गरिन्छ । घर परिवारको आँखा छलेर डेटिङमा जाने बानी हामीलाई परेको छ । घरभित्रै डेटिङ गर्न सकिन्छ । तर यस्तो डेटिङ प्रेम जोडीका लागि होइन दम्पतीका लागि उपयुक्त हुन्छ ।

दम्पतीको प्रेम सम्बन्धलाई रिचार्ज गर्न पनि घरभित्र डेटिङ गर्नुपर्छ । कसरी गर्ने होला त घरभित्रै डेटिङ ?

– एकसाथ बसेर रोमान्टिक चलचित्र हेर्न सकिन्छ । यो क्षणलाई थप रोमान्टिक बनाउन साउन्ड म्यूट गरेर हिरो, हिरोइनको संवाद आफुहरुले बोल्ने अभ्यास गर्न सकिन्छ ।

– आफ्नो बेडरुमलाई आकर्षक ढंगले सजाउने । सुन्दर बेडकभर, बेड साइडमा लाइट, सफ्ट ड्रिंक, क्यान्डिल लाइटमा माया साट्न सकिन्छ ।

– पुरानो दिनको एल्वम एवं भिडियो हेर्दै वितेका दिनका रोमाञ्चक क्षणहरु स्मरण गर्न सकिन्छ ।

– एकअर्काको मसाज,पेडिक्योर, हेड मसाज गरेर रोमान्टिक मुड बनाउन सकिन्छ ।

– एकसाथ मिलेर स्वादिलो परिकार तयार गर्ने र त्यसलाई डाइनिङ टेवलमा सजाएर खाने ।

– गिटार वा कुनै वाद्ययन्त्र बजाउँदै प्रेम–गीत गाएर सुनाउन सकिन्छ ।

अन्तरंग सम्वन्ध

– यौन सम्वन्ध मन र शरीरसँग जोडिएको एक रोमाञ्चक अनुभव हो । यसका निम्ति दुवै सहज रुपमा प्रस्तुत हुन सक्नुपर्छ ।

– रोमान्सको बेला तनावग्रस्त वा उदास महसुष गरिरहेको छ भने, त्यसबाट पर्याप्त आनन्द अनुभूत हुदैन ।

– यौनमा नयाँपन ल्याउनका निम्ति आसन परिवर्तन आवश्यक हुन्छ । यद्यपी यसमा दुवैको सहमति हुनुपर्छ ।

– यौन सम्पर्कमा आनन्द लिनका लागि स्थान परिवर्तन पनि महत्वपूर्ण हुन्छ । त्यसैले बेड रुम बाहेक बाथरुम, सोफा आदिमा पनि यसको अभ्यास गर्न सकिन्छ ।

– यौन सम्पर्कले शारीरिक मात्र होइन, भावनात्मक रुपले पनि सामिप्यता बढाउँछ ।

Skip This
Skip This
Logo