साउदीमा मृत्युदण्ड सजाँय सुनाइएका यादवले पाए क्षमादान

साउदीमा मृत्युदण्ड सजाँय सुनाइएका यादवले पाए क्षमादान

केन्द्रबिन्दु
0
Shares

साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् ।

पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७ देखि साउदीको जुवेल जेलमा छन् । यादवले पाकिस्तानी परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्नेछ । मृतकका परिवारले माफी दिन सहमति जनाएपछि यादवको ज्यान जोगिने पक्का भएको हो ।

अब ब्लड मनी जुटाउन अभियान पनि थालिएको छ । उनलाई सहयोग गर्न चाहानेले प्रभु बैंकमा रहेको खाता नम्बर ४९००१००९१३५८८०००००१मा जम्मा गर्न सक्नेछन् । पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पुगेर सरोज यादव नेतृत्वको नेपाली पक्षले माफीका लागि पहल गरेको थियो ।

११ वर्षअघि यादव पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या आरोपमा पक्राउ परेका थिए ।

Logo