विराटनगरविरुद्ध सुदूरपश्चिमको मध्यम ब्याटिङ सुरुवात

विराटनगरविरुद्ध सुदूरपश्चिमको मध्यम ब्याटिङ सुरुवात

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले मध्यम ब्याटिङ सुरुवात गरेको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पहिलो पावर प्लेमा एक विकेट गुमाएर ४२ रन जोडेको हो ।

पहिलो विकेटका लागि ओपनिङमा आएका बिनोद भण्डारी र मुख्तार अहमदले सुदूर पश्चिमलाई २० रनको सामान्य सुरुवात दिलाएका थिए। तर, इनिङ्सको २.५ ओभरमा मुख्तर अहमद व्यक्तिगत १० रनमा तीव्र गतिका बलर मर्चेन्ट डी लाङ्गे को शिकार बन्न पुगे। डी लाङ्गेले उनलाई उत्कृष्ट बलमा बोल्ड गरे।

मुख्तार अहमद आउट भएपछि क्रिजमा आएका विदेशी खेलाडी शेल्डन ज्याक्सनले आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हालेका छन्।

Logo