एमाले ११औँ महाधिवेशनमा सचिव पदमा ३६ भन्दा बढी आकांक्षी, ओली–पोखरेल दुवै समूह तनावमा

एमाले ११औँ महाधिवेशनमा सचिव पदमा ३६ भन्दा बढी आकांक्षी, ओली–पोखरेल दुवै समूह तनावमा

केन्द्रबिन्दु
72
Shares

काठमाडौं। नेकपा (एमाले) को आगामी ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर) मा सचिव पदका लागि ३६ भन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन्। पार्टी विधानमा ७ सचिव मात्र हुने व्यवस्था भएकाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै समूहलाई आकांक्षी व्यवस्थापन जटिल बनेको छ। यसले महाधिवेशनअघि नै पार्टीभित्र असन्तुष्टि र तनाव बढाएको छ ।

वर्तमान ७ सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्। बाँकी ६ जना (गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याल) मध्ये कसैले पनि सचिव पदमा दोहोरिने इच्छा देखाएका छैनन्। विष्ट र भट्टराई महासचिवको दौडमा छन् (दुवै पोखरेल समूहमा खुलेका), महासेठले उपमहासचिव तथा विश्वकर्मा, भट्ट र अर्यालले माथिल्लो पदको आकांक्षा राखेका छन्।

सचिव पदका मुख्य आकांक्षीहरू स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तहका छन्। ज्यादातर ओली पक्षका भए पनि पोखरेल पक्षका केहीले पनि दाबी गरेका छन्। एकीकृत समाजवादीबाट फर्किएकी रामकुमारी झाँक्री पनि सचिव पदकी आकांक्षी छन् ।

मुख्य आकांक्षीहरूको सूची (समूह र स्तरअनुसार)

स्थायी कमिटीबाटः काशीनाथ अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, राजन भट्टराई, गोरख बोगटी, कर्ण थापा (पोखरेल पक्ष), राजेन्द्र गौतम, हिक्मत कार्की, लीलानाथ श्रेष्ठ रहेका छन् ।

पोलिटब्युरोबाटः देवी ज्ञवाली, परशुमेघी गुरुङ, गोकुल बाँस्कोटा (पोखरेल पक्ष), महेश बस्नेत, जगत विश्वकर्मा, नारदमुनी राना, सुजीता शाक्य, विशाल भट्टराई, खिमलाल भट्टराई, ठाकुर गैरे (पोखरेल पक्ष), तिलकुमार मेन्याङ्बो, सूर्य थापा, पुरुषोत्तम पौडेल (पोखरेल पक्ष), अरुण नेपाल (पोखरेल पक्ष)बाट रहेका छन् ।

केन्द्रीय सदस्यबाटः टंक कार्की (पोखरेल पक्ष), झपट रावल (पोखरेल पक्ष), ऐन महर, नीरज आचार्य, पदम गिरी, भगवती चौधरी, माधव ढुंगेल, विनोद ढकाल (पोखरेल पक्ष), रचना खड्का (पोखरेल पक्ष)को दाबी रहने छ । यस्तैगरी समाजवादी परित्याग गरी एमालेमै फर्केकी रामकुमारी झाँक्रीको पनि सचिव पदमै उम्मेदवारी रहने एमालेले जनाएको छ ।

सीमित ७ पदका लागि यति धेरै आकांक्षीले अधिकांश निराश हुने निश्चित छ । यसले प्यानल निर्माणमा चुनौती थप्ने र असन्तुष्टि बढाउने देखिन्छ । पोखरेल समूहमा आफ्ना नेतालाई समेट्न नसके गुटभित्र विद्रोह हुन सक्ने आशंका छ। ओली पक्षले सचिव संख्या ७ बाट ९ र उपाध्यक्ष ५ देखि ७ सम्म बढाउने तयारी गरेको स्रोतहरूले बताएका छन्।

महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरूबीच लबिङ तीव्र बनेको छ । यसले पार्टी एकतामा असर पार्ने वा बलियो नेतृत्व चयनमा सहयोग पुग्ने हेर्न बाँकी छ ।

Skip This
Skip This
Logo