काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच सहमति जुटेको छ।
बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको हो । यो सहमतिसँगै आन्दोलन पनि फिर्ता भएको छ ।
साथै वार्तामा अन्य बुँदाहरूमा पनि सहमति जुटेको छ। ती सहमतिहरूमा भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने र इन्ट्री र एक्जिट नोटहरू भन्सार एजेन्ट स्वयंले जारी गर्ने व्यवस्था मिलाउने रहेका छन् ।































प्रतिक्रिया