काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दालनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोग समक्ष बयान दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘आयोगमा बयान दिन जाने, भन्न जाने, तथ्यहरू प्रस्तुत गर्न जाने विषयलाई अन्यथा लिनुहुँदैन। जानुपर्छ। हाम्रो अध्यक्ष पनि जानुहुन्छ । म भएको भए जान्थेँ। अझै अगाडि नै जान्थेँ होला। त्यसको अवज्ञा गर्नुले राम्रो सन्देश जाँदैन ।’































प्रतिक्रिया