लुम्बिनीको बलिङ चम्किँदा काठमाडौं १११ रनमै अलआउट

लुम्बिनीको बलिङ चम्किँदा काठमाडौं १११ रनमै अलआउट

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटर खेलमा लुम्बिनी लायन्सको कसिलो र घातक बलिङसामु काठमाडौं गोर्खाज अलआउट भएकाे छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको दिन-रातको यस खेलमा टस जितेर ब्याटिङ राेजेकाे काठमाडौं १९.१ ओभरमा अलआउट हुँदै १११ रनमा समेटिएकाे हाे ।

लुम्बिनीका बलरहरूले आज काठमाडौं गोर्खाजका ब्याट्सम्यानहरूलाई मैदानमा टिक्न दिएनन्। जन सिम्पसनले १८ रन र मोहम्मद आदिल आलमले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। आलमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै केही आक्रामक इनिङ्स खेले पनि त्यो टिमलाई ठूलो राहत दिन पर्याप्त भएन।

लुम्बिनी लायन्सका बलरहरूले सामूहिक प्रदर्शन गर्दै काठमाडौंलाई सस्तैमा समेट्न सफल भए । विशेषगरी, शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे।

शेर मल्लले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यसैगरी रोहित पौडेलले पनि ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। यता रुबेन ट्रम्पेलम्यानले एक मेडनसहित २ महत्त्वपूर्ण विकेट लिए।

एलिमिनेटर खेल भएकाले आज पराजित हुने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ, भने विजेता टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर-२ मा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

Logo