मंगलादेवी सिंहको १०० औँ जन्मजयन्तीमा कांग्रेस नेता सिंहद्वारा योगदानको स्मरण

मंगलादेवी सिंहको १०० औँ जन्मजयन्तीमा कांग्रेस नेता सिंहद्वारा योगदानको स्मरण

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवि सिंहले नेपाली महिलाहरुको हक, अधिकारको लागि उल्लेख्य योगदान गरेको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित मंगलादेवि सिंहको १०० औं जन्म जयान्तीको अवसरमा श्रद्धा अर्पण कार्यक्रममा उनले सिंहले महिलाहरुको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकारहरु दिलाउनको लागि पनि संघर्ष गरेको भन्दै त्यो कुरालाई पुन ताजकी गर्नको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेको बताए ।

उनले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्रृ मंगलादेवि सिंहको सय वर्ष पुगेको अवसरमा वर्ष भरि विभिन्न कार्यक्रमको आयोजना गरेर उहाँको सम्झना र उहाँले गर्नुभएको क्रियाकलापहरुको बारे र उहाँको योगदानको बारेमा विशेष गरेर नेपाली महिलाहरुको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकारहरु दिलाउनको लागि उहाँले संघर्ष गर्नुभएको कुरालाई पुन ताजकि गर्नको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको र आज उहाँको जन्मजयान्तीको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।’

यस्तै, उनले राणाकालमा महिलाहरुलाई मताधिकार र पढ्न पाउने अधिकारको लागि पनि सिंहले आवाज उठाएको पनि बताए । उनले भने, ‘उहाँले महिलाहरुलाई पनि मताधिकार हुनुपर्छ भनेर पनि आवाज उठाएको कारणले गर्दा महिलाहरुले पनि मतदान गर्न पाउने अधिकार पाएको हो र त्यसको साथै महिलाहरुले पनि पढ्न पाउनु पर्छ भन्ने कुरा पनि उहाँले नै उठाउनु भएको हो ।’

Skip This
Skip This
Logo