काठमाडौँ
पछिल्ला चार महिनामा मात्र नेपालले भारतबाट कुल विद्युत आपूर्ति मध्ये ४८ प्रतिशत आयात गरेको छ । मंसिर, पुस, माघ र फागुनमा २०७७.९४ गिगावाट आवर विद्युत खपत भएकोमा नेपाल विद्युत प्राधिकरणले भारतबाट मात्र ९९७.८२ गिगावाट आवर विद्युत आयात गरेको हो ।
रकमको हिसाबले चार महिनामा मात्र करिब ८ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । चार महिनाको अवधिमा कुल आपूर्ति मध्ये नेपाल विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाको हिस्सा ५५८.५६ गिगावाट आवर र निजी क्षेत्रको ५२१.५० गिगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको दोस्रो चौमासिक समीक्षामा प्रस्तुत गरेको तथ्यांक अनुसार, माघ र फागुन महिनामा भने कुल आपूर्ति विद्युत मध्ये ५६ प्रतिशत बराबर भारतबाट आयात भएको छ । विद्युत प्राधिकरणको भारप्रेषण केन्द्र (एलडीसी) ले मन्त्रालयमा उपलब्ध गराएको विवरण अनुसार माघमा कुल आपूर्ति ५३१.४६ गिगावाट आवर रहेकोमा भारतबाट आयात मात्र २९५.६६ गिगावाट आवर भएको थियो, जुन ५५.६३ प्रतिशत हो ।
त्यसैगरी फागुनमा कुल आपूर्ति ५२३.४५ गिगावाट रहेकोमा भारतबाट आयात मात्र २९६.६६ गिगावाट आवर भएको थियो । जुन ५६.६७ प्रतिशत हो । त्यसैगरी मंसिरमा ४९०.१६ गिगावाटआवर कुल आपूर्ति मध्ये १४६.२९ गिगावाटआवर र पुसमा ५३२.८५ गिगावाट आवर मध्ये २५९.२२ गिगावाटआवर भारतबाट आयात भएको थियो ।
कारोबारबाट































प्रतिक्रिया