काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका चार महत्वपूर्ण अध्यादेश स्वीकृत गरेकी छिन् । "/>

राष्ट्रपतिबाट लामो समय देखि रोकिएका चार अध्यादेश जारी

राष्ट्रपतिबाट लामो समय देखि रोकिएका चार अध्यादेश जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका चार महत्वपूर्ण अध्यादेश स्वीकृत गरेकी छिन् । राष्ट्रपतिबाट स्वीकृति पाएसँगै चारै अध्यादेश जारी भएको छ । राष्ट्रपति भण्डारीले मंगलबारको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र संघीय संसद्का महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्बाट सिफारिस भएर आएकोमा सो सिफारिसलाई स्वीकृत गरेकी हुन् । सरकारले प्रतिस्थापन विधेयक ल्याउन ढिला हुने भएपछि चारै विधेयकलाई अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रतिस्थापन विधेयक पेस गर्न संसद्को बजेट अधिवेशन चलेकाले केही समय ढिला गरेर भए पनि ऐनको रूप दिन सरकारले तत्कालका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

यस मध्ये राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र संघीय संसद्का महासचिव एवं सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश बाहेकका तीन अध्यादेश अघिल्लो पटक शेर बहादुर देउवा प्रधानमन्त्री भएकै बखत जारी भएको थियो । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बसेको ६० दिन भित्र सो अध्यादेश प्रमाणीकरण गरिसक्नु पर्नेमा सरकारले ढिलाइ गरेपछि २० वैशाख देखि सो अध्यादेश निष्क्रिय हुँदै थियो । सो अध्यादेश निष्क्रिय भएको अवस्थामा पुनः मस्यौदा गरी पेस गर्नु पर्ने कारणले सरकारले केही दिन बाँकी रहँदा नै पुनः जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र संघीय संसद्का महासचिव एवं सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभामा सचिव नियुक्तिको बाटो समेत खुलेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo