देउवासँगको भेटको परिणाम क्रमशः आउनेछ -अध्यक्ष ओली

देउवासँगको भेटको परिणाम क्रमशः आउनेछ -अध्यक्ष ओली

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको र त्यसको परिणाम क्रमशः आउने बताएका छन् ।

प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले अदालतको फैसलाहरुलाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै आफूहरुको मागबमोजिमको आदेश नआए पनि एमालेले हिंसात्मक आन्दोलन नगर्ने स्पष्ट गरे ।

देश र प्रणालीलाई नै बचाउनुपर्ने स्थिति आएमा शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी उनले दिए । अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कुनै कानुनी व्यवस्था नभएको बताए ।

Skip This
Skip This
Logo