विराटगरविरूद्ध लुम्बिनी लायन्सको शानदार सुरुवात

विराटगरविरूद्ध लुम्बिनी लायन्सको शानदार सुरुवात

केन्द्रबिन्दु
54
Shares

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल)को रोमाञ्चक क्वालिफायर–२ मा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले उत्कृष्ट सुरुआत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पावरप्लेमा आक्रामक प्रदर्शन गर्दै ६ ओभरको पावरप्लेमा मात्र एक विकेट गुमाएर ४४ रन बनाएको हाे । डार्सी सर्ट र रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै विराटनगरका बलरहरूलाई दबाबमा राखेका छन्।

ओपनर डार्सी सर्टले ३ चौकासहित १९ बलमा २३ रन बनाएर क्रिजमा जमेका छन्।

कप्तान रोहित पौडेलले त झन् विस्फोटक सुरुवात गर्दै २ चौका र २ छक्का प्रहारसहित १२ बलमा २० रन बनाएर खेलिरहेका छन्।

लुम्बिनीले ८ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो। ओपनर दिनेश अधिकारी ५ बलमा १ रन बनाएर सुवास भण्डारीको बलमा साम हेजलेटद्वारा क्याच आउट भएका थिए।

विराटनगर किंग्सका कप्तानले टस जितेर फिल्डिङ रोजेपछि उनीहरू लुम्बिनीलाई कम स्कोरमा रोक्ने रणनीतिमा देखिएका छन्। तर, अनुभवी विदेशी खेलाडी मर्चेन्ट डी लाङ्गे र युवा स्पिनर नरेन भट्ट महँगा साबित भएका छन्।

Logo