संसारकै सबैभन्दा सुरक्षित ईभी ब्याट्री गोल्डेन शिल्ड, यस्ता छन् यसका फिचर

संसारकै सबैभन्दा सुरक्षित ईभी ब्याट्री गोल्डेन शिल्ड, यस्ता छन् यसका फिचर

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । चाङ्गानको मुख्यालय रहेको चीनको चोङकिङस्थित एडभान्स्ड ल्याबमा एउटा ब्याट्रीमाथि यस्ता–यस्ता चरम परीक्षण हुन्छन्, जुन कुनै पनि ईभी धनीले कल्पना नै गर्न सक्दैनन् । इन्जिनियरहरु यसलाई स्टिलको किल्लाले छेड्छन्, पानीभित्र धेरैबेर डुबाउँछन्, अनि निकै लामो समय लगातार आगोमा पोल्छन्, ब्याट्रीबाट धुँवा निस्किन्छ, हिस्स आवाज सुनिन्छ । तर न आगो लाग्छ, न विस्फोट हुन्छ । यति कठोर परीक्षणपछि पनि त्यो ब्याट्रीले सामान्यजस्तै काम गर्छ ।

यो संसारकै विशालतम ब्याट्री निर्माता कम्पनीद्वारा विकसित गोल्डेन शिल्ड ब्याट्री हो, जसले ईभी क्षेत्रमा सुरक्षाको नयाँ अर्थ बनाउँदै छ ।

भय अन्त्य गर्न जन्मिएको प्रविधि

दुई वर्षअघि ग्वान्जाउ अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको गोल्डेन शिल्ड, विश्व ईभी एडोप्सनका तीन प्रमुख डर—ब्याट्रीमा आगलागी, ब्याट्रीको आयु, र सुस्त चार्जिङ—यी सबैको समाधानका रूपमा चाङ्गान अटोमोबाइलले पेस गरेको जवाफ हो । संसारकै अग्रणी ब्याट्री निर्माता सीएटीएलसँगको सहकार्यमा बनेको यो ब्याट्रीले यी तीनै समस्यालाई मूल जडबाट हटाउने लक्ष्य लिएको छ । यो केवल एउटा ब्याट्री होइन—ईभी उद्योगभित्र सुरु भएको सुरक्षित प्रविधिको क्रान्ति हो ।

उत्पादन प्रक्रियाको कथा

गोल्डेन शिल्ड ब्याट्री पछाडिको विज्ञान अटोमोटिभभन्दा बढी अन्तरिक्ष प्रविधिसँग तुलना गर्न सकिन्छ । यिबिनस्थित चाङ्गान पावर ब्याट्री प्लान्टमा हरेक एक सेकेन्डमा एउटा ब्याट्री सेल उत्पादन हुन्छ । उत्पादन प्रक्रियाको ९५ प्रतिशतभन्दा बढी काम रोबोटले गर्छ, जसमा माइक्रोचिप कारखानाबाट प्रेरित हजारौँ सूक्ष्म भेरियबलहरूको लगातार परीक्षण हुन्छ। गोल्डेन शिल्डले आफ्नो नाम मार्केटिङमार्फत होइन, शुद्ध उत्पादन–गुणस्तरबाट स्थापित गर्दै आएको छ । यो ब्याट्री प्रविधिको वास्तविक शक्ति यसको ‘क्वालिटी कन्ट्रोल’ प्रणालीमा छ ।

प्रत्येक सेलले ६,८०० फरक परीक्षण पार गर्छ, र जीवनभर १०,००० भन्दा बढी डाटापोइन्टमाथि निगरानी राखिन्छ ।

प्रत्येक ब्याट्रीको उत्पादनबाट संचालनसम्मको पूरा जीवनमा क्युआर कोड ‘पासपोर्ट’मार्फत ट्रयाक हुन्छ । जसका कारण यो ब्याट्रीको डिफेक्ट रेट पाट्र्स पर बिलियन डीपीपीबी स्तरमा झर्छ र यसको अर्थ त्रुटिको सम्भावना करिब शून्य हुन्छ ।

वास्तविक परीक्षणले जितेको भरोसा

गोल्डेन शिल्डको सिद्धान्तले होइन, यसको वास्तविक परीक्षणले विश्वास जितेको छ । चाङ्गानका सुरक्षा इन्जिनियरहरु प्रत्येक वर्ष सयौँ पटक ब्याट्रीका सामग्री र संरचनालाई पूर्ण रूपमा परीक्षणमार्फत परिक्षण गर्छन् । ५ एमएम स्टिल नेल घोच्दा पनि थर्मल रनअवे शून्य रहेको छ।

एक घन्टाभर पानीमुनि राख्दा पनि स्थिर, १४० सेकेन्डसम्म सिधै आगोमा राख्दा पनि पूर्ण सुरक्षित र यी सबै कठोर परीक्षामा गोल्डेन शिल्ड पास भएको छ ।

दीर्घ आयु र विश्वसनीयता

सुरक्षाजत्तिकै महत्वपूर्ण यसको आयु हो । सामान्य ब्याट्रीको लाइफसाइकल करिब ३,००० चार्जिङ साइकल हुन्छ भने गोल्डेन शिल्डमा ५,००० साइकल—नेपालमा उपलब्ध सबैभन्दा उच्च स्तर । यसको मतलब यसको आयु सजिलै १० वर्षभन्दा धेरै पुग्छ ।

विश्वासले बनेको ब्याट्री

आफ्ना ईभीमा गोल्डेन शिल्ड ब्याट्री प्रयोग गर्ने दिपलजस्ता ब्रान्डहरू यसलाई केवल फिचरको रूपमा होइन, आफ्नो भरोसाको जगको रूपमा प्रस्तुत गर्छन् । सीएटीएल र चाङ्गानको संयुक्त विकासमा बनेको यो ब्याट्री नो फायर, नो एक्सप्लोजन क्षमताका कारण प्रसिद्ध छ । यो प्रविधि ईभीलाई केवल पावर दिनका लागि होइन, यी सवारी साधनलाई जोगाउनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । तीव्र गतिमा बढ्दै गएको ईभी बजारमा—यसले दिने सुरक्षा र भरोसा नै सबैभन्दा ठूलो वाचा बनेको छ ।

Logo