काठमाडौं । सम्पन्न हुँदै गरेको नेकपा एमालेको ११औँ महाधिवेशको संघारमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरका युवाहरूले भेला गर्ने भएका छन् । बिहान साढे ११ बजेदेखि काठमाडौं ब्याङ्क्वेटमा भेला राखिएको छ । महाधिवेशनमा नेता तथा प्रतिनिधिको सुरक्षाको रणनीतिबारे भेलामा छलफल र योजना बनाइने पोखरेल पक्षधरले केन्द्रविन्दु लाई बताएको छ । उक्त भेलामा पदाधिकारी तहका नेताहरू पनि सहभागी हुने बताइएको छ ।
यसअघि केपी ओलीको उपस्थितिमा कार्की ब्यांक्वेटमा नेताको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स एमालेले बनाएको थियो ।





























प्रतिक्रिया