पर्वत साहित्य सङ्गमद्धारा विभिन्न विधाका ९ पुरस्कारको घोषणा

पर्वत साहित्य सङ्गमद्धारा विभिन्न विधाका ९ पुरस्कारको घोषणा

केन्द्रबिन्दु
51
Shares

एन पि घायल, पर्वत । अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो संस्थाबाट स्थापित तथा संचालित विभिन्न साहित्यिक पुरस्कारहरूको घोषणा गरेको छ ।

पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षतामा बसेको पछिल्लो बैठकले पुरस्कार छनौट समिति गठन गर्ने निर्णय गरेको थियो । बैठकले सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पको संयोजकत्वमा साहित्यकार इन्द्रमान खत्री र डी आर शर्मा सदस्य रहेको कृति, विधा तथा योगदान मूल्यांकन तथा छनौट समिति तोकेको थियो ।

धौलागिरी क्षेत्रका साहित्यिक व्यक्तित्वहरुलाई हरेक दुई वर्षमा प्रदान गर्दै आएका विभिन्न ९ वटा पुरस्कारको समर्पणका लागि उक्त समितीले साहित्यकार तथा सर्जक छनोट गरेको छ ।

जसमध्य वर्ष २०८२ का लागि साहित्यकार सर्जक राजेन्द्र पहाडीलाई पर्वत साहित्य संगम पुरस्कार, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, अजय मिलन श्रेष्ठ म्याग्दीलाई डिल्ली–राधा साहित्य पुरस्कार, गोविन्दप्रसाद भुषाल पर्वतलाई मान–पदम स्मृति साहित्य पुरस्कार, सरस्वती शर्मा जिज्ञासुलाई संस्कृति साहित्य पुरस्कार, लक्ष्मीप्रसाद शर्मा पर्वतलाई गोपि–नन्द स्मृति साहित्य पुरस्कार, जगन्नाथप्रसाद शर्मा लम्साल पर्वतलाई कृष्णा–उद्योग साहित्य पुरस्कार, मछिन्द्रप्रसाद शाक्य बाग्लुङलाई अरनिको श्रीभद्र दिलकुमारी ललितकला पुरस्कार तथा सुशिलबाबु थकाली अनुरागी मुस्ताङ्गलाई बलबहादुर–केशकुमारी साहित्य पुरस्कारले सम्मानित गर्नेछ ।

घोषणा गरिएका पुरस्कारहरु यही मंसिर २७ गते शनिबारका दिन कुश्मामा एक साहित्यिक समारोहको आयोजना गरी सम्बन्धित साहित्यिक स्रष्टाहरुलाई समर्पण गर्ने तयारी गरिएको संगमका सचिव निर्मल पौडेलले केन्द्रविन्दु लाई जानकारी दिएका छन् । सो समाहरोहमा उपस्थितीका लागि सवैजनमा सँस्थाले आग्रह समेत गरेको छ ।

पर्वत साहित्य संगमले विसं. २०७२ देखि साहित्यिक विधामा विभिन्न पुरस्कारहरु स्थापना तथा व्यवस्थापन गरी यस क्षेत्रका साहित्यिक स्रष्टा र सर्जकहरुलाई उनीहरुले पुर्याएका योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार समर्पण गर्दै आइरहेको छ ।

पर्वत साहित्य संगम देशकै एउटा अग्रणी विशुद्ध साहित्यिक संस्थाको रुपमा क्रियाशिल रहँदै आएको छ । यसले देश तथा विदेशमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरुलाई कालीको सुशेली मार्फत एउटै मालामा उनेको मात्र छैन भाषा, कला,साहित्य संस्कृती मार्फत मानवियता र निकटताको प्रत्याभुती समेत गराउँदै देश काल परिस्थितीको साक्षी बनेर उभिएको छ ।

Skip This
Skip This
Logo