काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्मा चार मन्त्रीहरु थपिने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषद् विस्तार गर्न लागेकी हुन् । थपिने मन्त्रिहरुमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।
उनीहरूको शपथ आज दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।































प्रतिक्रिया