काठमाडौं
सडक दुर्घटना भन्दा लडेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दै गएको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अन्नपूर्ण न्युरो अस्पताल माइतीघर तथा सिविन नेपालको संयुक्त आयोजनामा बुधबार राजधानीमा आयोजित ‘दुर्घटनामा बालबालिका र बालसंरक्षणको सवाल’ विषयक कार्यक्रममा वरिष्ठ न्यूरोलोजिस्ट प्रा.डा वसन्त पन्तले पछिल्लो समय झ्याल, ढोका, कौसी, बरन्डा, बार्दली, भ¥याङ र रूखबाट लडेर मृत्यु हुने बालबालिकाको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गरे ।
अभिभावकले सानातिना कुरामा ध्यान नदिई हेलचक्र्याइँ गर्दा सबैभन्दा बढी १ देखि ४ वर्ष सम्मका बालबालिका र १५ वर्ष सम्मका को लडेर मृत्यु भएको पाइएको उनले उल्लेख गरे । उनका अनुसार घरको झ्यालमा ग्रिल नहाल्नु, खाटसँगै पानीको बाल्टी राख्नु, केटाकेटीलाई दसैंमा कौसीबाट चंगा उडाउन दिनु, फागु पूर्णिमामा कौसीबाट पानी भरिएको बेलुन (लोला) हान्दा दंग परेर बस्नु अभिभावकका लापरबाही हुन् ।
अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिएका ४३९ मध्ये सडक दुर्घटनाबाट २८२ र विभिन्न ठाउँबाट लडेर १५७ जना घाइते भएको उपचारक्रममा पत्ता लागेको डा पन्तले जानकारी दिए । त्यसमा पनि सडक दुर्घटनामा ५४ र लडेर ४४ बालबालिका घाइते भएको पाइएको छ ।
९८ घाइते मध्ये ४५ बालबालिका घरको झ्याल, कौसी, बार्दलीबाट लडेर, ३८ बालबालिका सडक दुर्घटना र १५ बालबालिका विद्यालयमा लडेर घाइते भएको पन्तले बताए । सडक दुर्घटनामा परेका व्यक्ति जस्तै लडेर उपचारका लागि अस्पताल आएका बालबालिकाको पनि अस्पताल र प्रहरीले तथ्यांक राख्न जरुरी भएको उनले उल्लेख गरे ।
राजधानीबाट































प्रतिक्रिया