ललितपुर

०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ । "/>

पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा : अध्ययन

पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा : अध्ययन

केन्द्रबिन्दु
0
Shares

ललितपुर

०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिना पहिले मात्रै यो तथ्य फेला पारेको जानकारी दिए । चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । सेटेलाइट तस्बिरबाट भूकम्पले उठाएको भूभाग पत्ता लगाएर दरार क्षेत्र अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययन अनुसार भूकम्पका सम्भावनाबारे वैज्ञानिकमै मतभेद आए पनि यस अध्ययनले पूर्वमै जोखिम देखाएको दाबी चम्लागाईंको छ । झापाको दमक देखि उत्तरतिर रहेको बेलडाँगीलाई आधार मानेर पूर्वक्षेत्रको अध्ययन गरिएको हो । अध्ययनले करिब आठ सय वर्ष पहिले पूर्वमा महाभूकम्प गएको र यस क्षेत्रमा अझै १६ मिटर दरार विस्थापित हुन बाँकी रहेको पत्ता लगाएको बताएको छ । त्यस्तै त्रिवेणी र बाग्मतीलाइ मध्यक्षेत्रमा राखेर अध्ययन गरिएको र यस क्षेत्रमा ११ मिटर दरार विस्थापित हुन बाँकी रहेको देखिएको छ ।

त्यस्तै पश्चिममा १० मिटर बाँकी छ । ‘पश्चिममा १५०५ सालमा महाभूकम्प गएको अध्ययनले देखाएको छ,’ चम्लागाईंले भने । यसअघिको अध्ययनले नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिम देखाएको थियो । पूर्वमा करिब आठ सय वर्ष पहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्ष पहिला महाभूकम्प गएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo