प्रवासी नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चितता गर्नुपर्छः अध्यक्ष लिङदेन

प्रवासी नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चितता गर्नुपर्छः अध्यक्ष लिङदेन

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका हुन्।

“विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सम्भव छ । त्यसको सुनिश्चितता गरेरमात्र निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ”, अध्यक्ष लिङ्देनले भने। राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिका लागि सरकारसँग माग गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको उनले जानकारी दिए ।

अध्यक्ष लिङ्देनका अनुसार राप्रपाले आगामी पुसमा जनसंवाद र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, राप्रपाकातर्फबाट मधेस प्रदेशसभाका सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट फिर्ता बोलाउने निर्णयलाई बैठकले अनुमोदन गरेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo